PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

कसलाई किन चित्त बुझेन भारतीय राष्ट्रपति आउँदा बिदा दिने निर्णय?



पहिलोपोस्ट

कसलाई किन चित्त बुझेन भारतीय राष्ट्रपति आउँदा बिदा दिने निर्णय?

काठमाडौँ : मन्त्रिपरिषद्ले बिहीबार एउटा निर्णय गर्‍यो - भारतका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक बिदा दिने। भारतीय राष्ट्रपति आउँदो १७ गते नेपाल आउँदैछन्। भारतीय राष्ट्रपतिको सम्मानमा बिदा दिने निर्णय गरिएको सरकारले बताए पनि सरकारले निर्णय गर्दा अर्को साहारा लियो।

साहरा थियो – चीन।

भारतको मात्र राष्ट्रपति आउँदा बिदा दिने निर्णयले आलोचना हुने देखिएपछि सरकारले भारत र चीनका राष्ट्रपति आउँदा नै बिदा दिने निर्णय सार्वजनिक गर्‍यो। तर विवाद त्यहीँबाट सुरु भयो। धेरैले सरकारको निर्णयको आलोचना मात्र गरेनन् कयौँ प्रश्नहरु पनि उठाए।

प्रश्न उठाउने मध्ये एक प्रधानमन्त्रीकै दल नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहे। उनले लेखे – 'म भारतीय र चिनियाँ राष्ट्रपति नेपाल आउँदा बिदा दिने सरकारको निर्णयबाट आश्चर्यमा परेको छु।  यो गलत मात्र होइन गिल्ला गर्न लायक छ। के यो जरुरी र सही छ? अझ महत्वपूर्ण कुरा त सरकारले कसरी बिदा घोषणा गर्न सक्छ जब चिनियाँ राष्ट्रपति नेपाल आउने निश्चित नै छैन।'

श्रेष्ठले जस्तै विगतमा प्रधानमन्त्री प्रचण्डका सहयात्री रहेका नयाँ शक्ति नेपापलका अध्यक्ष बाबुराम भट्टराईले पनि प्रश्न खडा गरे।
'विदेशी पाहुनाको सत्कार हुनुपर्छ! तर बिदा गरेर/काम छोडेर/देशलाई अरू कंगाल पारेर/ भिक्षा पात्र थापेर हाम्रा सच्चा मित्रहरू खुशी हुनुहोला र?सोचौं है।'
  त्यस्तै संसदको चौथो ठूलो दल राप्रापा नेपालका अध्यक्ष कमल थापाले सरकारको निर्णयमा छोटो टिप्पणी गरेका छन्। उनले लेखेका छन् – 'अनुपयुक्त र गलत निर्णय।' त्यसो त सत्ता साझेदार दलका सांसदहरु पनि सरकारको निर्णयको विरुद्धमा छन्। नेपाली कांग्रेसका सांसद धनराज गुरुङले निर्णयमाथि व्यङ्ग्य नै कसेका छन्। "अतिथि देवो भव" भन्दै सिंहदरबारमा एक हुल बाँदरहरुले निर्वस्त्र नृत्य प्रदर्शन गरेछन् त !', निर्णय प्रति गुरुङले लेखेका छन्। कांग्रेसकै सांसद रामहरि खतिवडालाई पनि निर्णय चित्त बुझेको छैन। उनी प्रधानमन्त्रीको नेतृत्व माथि नै आश्चर्य प्रकट गर्दै लेखे - के के हुने भो देशमा ? विदेशी राष्ट्र प्रमुख अाउदा हाम्रो देशमा बिदा रे ? यो हामी प्रति न्याय कि अन्याय ? धन्य प्रचण्ड हामी तिम्रा जनता?'
  पूर्व अर्थमन्त्री एवम् कांग्रेस नेता रामशरण महतले पनि निर्णयको तालमेल अहिलेको संसारमा मेल नखाएको लेखेका छन्। उनले कुटनीतिक प्रश्न गर्दै नेपालका राष्ट्रपतिले विदेशमा पाउने सम्मानमा समेत चासो जनाए।

'विदेशी राष्ट्र प्रमूख आउँदा बिदा!आजको कामकाजी संसारसंग मेल खाँदैन,स्वयम अतिथिलाई असजिलो! हाम्रा राष्ट्रप्रमुखले त्यही सम्मान विदेशमा पाउँछन्?' विपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेलले हेल्लो सरकारलाइ ट्विटरमा मेन्सन गर्दै बिदा दिने निर्णयले काम गर्ने दिन तोक्ने अवस्था आउने हो कि भन्दै सोधेका छन्।

'यस्तै हो भने कुनै दिन नेपालमा सरकारी कामकाजको दिन चै तोक्नुपर्ने अवस्था आउला जस्तो छ । विभिन्न बहानामा दिइने बिदा नै धेरै छ @hello_sarkar राजनीतिक नेताहरुले मात्र होइन बिदा दिने विषयमा अन्य कयौँले पनि प्रश्न खडा गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वदलीय निर्णयबाट बिदा दिने निर्णय भएको बताएपछि पत्रकार बसन्त बस्नेतले दलीय प्रवृतिमा प्रश्न उठाए।

'निर्णय लोकप्रिय भए जस लिने,अलोकप्रिय भए सर्वदलीय निर्णय भन्दिने। पहिले ओलीले गुगल ब्वाइलाई रू.करोड।अहिले प्रचण्डले मुखर्जीलाइ बिदा प्रस्ताव।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell