
काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निलम्वित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको महाअभियोग काण्डले संविधान संशोधन प्रकृया ओझेलमा परेको बताएका छन्।
आज तिहारको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गर्दै संचारकर्मीहरुसँग सिटौलाले अनावश्यक रुपमा लोकमान काण्डलाई प्राथमिकता दिएको कारणले संविधान संशोधन ओझेलमा परेको बताए।
नेपाली काग्रेसको पहिलो प्राथमिकता संविधान संशोधन र स्थानीय निकायको निर्वाचन भएकाले छठपछि संविधान संशोधन र चुवानको लागि प्रकृया अघि बढाउने बताए।
सिटौलाले चैतभित्रमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि कात्तिक अन्तिम अथवा मंसिरको पहिलो सातामा नै मिति तय गरिसक्नुपर्ने भएकाले यसलाई प्राथमिकता दिनुपर्ने बताए। स्थानीय तहको चुनावमा कांग्रेसले अग्रस्थान लिने सिटौलाको दावी थियो।