काठमाडौं : रामेछाप जिल्लाकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता भुजी लिग रनिङ शिल्ड फुटबलको उपाधि लेसु खोला जलविद्युत आयोजनाले जितेको छ।
शुक्रबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा लेसु खोलाले काठमाडौंको बेथलेहेम फुटबल क्लबलाई ३-२ ले पराजित गर्यो।
भुजी मैदानमा भएको खेलमा पहिलो हाफमा २-१ ले पछि परेको लेसु खोलाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै २ गोल थपेर च्याम्पियन बनेको हो।
च्याम्पिपयन बनेसँगै लेसु खेलाले ५१ हजार पाँच सय नगद पुरस्कारसहित ट्रफी प्राप्त गरेको छ भने उप बिजेता बेथलेहेम फुटबल क्लबले २५ हजार पाँच सय पाएको छ।