5.jpg)
सरिता पौडेल
चितवन : संकटा क्लब काठमाडौं नारायणगढको क्याम्पाचौरमा जारी १२ औं टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको फाइनलमा प्रवेश गरेको छ।
असिमजंग कार्कीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि शुक्रबार भएको दोस्रो सेमिफाइनलमा मनाङ–मस्र्याङदी क्लबलाई २—१ गोल अन्तरले पराजित गदैं संकटा उपाधि नजिक पुगेको हो। संकटाले अब उपाधिका लागि त्रिभुवन आर्मीसाग खेल्नेछ।
३१ औं मिनेटमा निराजन खड्काले गोल गर्दै संकटालाई पहिले अग्रता दिलाएका थिए। ७८ औं मिनेटमा मनाङका तर्फबाट अफ्रिकी खेलाडी अफिज ओलाओलेले गोल फर्काएपछि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा पुग्यो। तर इन्जुरी टाइममा असिमजंग कार्कीले गोल गरेपछि संकटा मनाङलाई स्तब्ध पार्दै फाइनल पुगेको हो।
निर्णायक गोल गरेका संकटाका असिमजंग कार्की 'म्यान अफ दी म्याच' घोषित भए। उनले नगद १० हजार नगद प्राप्त गरे। फाइनल खेल आइतबार त्रिभुवन आर्मी क्लब र संकटा क्लब काठमाडौंबीच हुनेछ।
विजेताले नगद ३ लाख र रनिङ सिल्ड तथा उपविजेताले १ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछन्।