PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

​खेलकुद मन्त्री श्रीपाली भन्छन्, '१५ वर्षे खेलकुदको गुरु योजना अन्तिम चरणमा'



पहिलोपोस्ट

सरिता पौडेल
चितवन :
युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले खेलकुदको नीतिगत परिवर्तनको लागि ऐन ल्याउने तयारी भएको बताएका छन्। शुक्रबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रीपालीले नीतिगत परिवर्तनको लागि ड्राफ्ट बनिरहेको र यसलाई चाँडै नै सदनमा लैजाने बताए। 

१५ वर्षे खेलकुदको गुरु योजना निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले गुरु योजना लागू भएपछि देशको खेलकुद क्षेत्रले मुहार फेर्नमा आफू विश्वस्त रहेको बताए। 

खेलकुदको विकासको लागि स्पोर्टस् युनिभरसिटी, स्पोर्टस् भिलेज, स्पोर्टस् एकेडेमी निर्माणको तयारीमा मन्त्रालय लागेको उनले बताए। खेलकुद क्षेत्रमा आर्थिक अभाव भएको भन्ने कुराहरु भ्रम भएको उल्लेख गर्दै मन्त्री श्रीपालीले बजेटमा समस्या नभएर काम गर्ने इच्छा शक्ति र जनशक्तिको उचित प्रयोग हुन नसकेको उनको दाबी थियो।

सरकारले खेलकुदको विकासका लागि दीर्घकालिन योजना बनाउन नसक्दा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरु रित्तो हात फर्किनु परेको श्रीपालीको भनाइ थियो। 

खेलाडीको सहि तरिकाले व्यवस्थापन गर्न नसक्नु, खेलाडीलाई प्रोत्साहन गर्न नसक्नु, भौतिक पूर्वाधार कमजोर हुनुका कारण नेपालको खेल क्षेत्र अस्तव्यस्त भएको मन्त्री श्रीपालीले बताए। खेल क्षेत्रमा देखिएका सबै कमजोगरीको राम्रो व्यवस्थापन गर्न सकेको अवस्थामा खेलाडीले अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा मेडल पाउन सक्नेमा श्रीपाली बिश्वस्त छन्।

सरकारले भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउने दिनलाई लक्षित गरेर कात्तिक १७ गते दिएको विदामा विरोध गर्नु नहुने भन्दै मन्त्री श्रीपालीले सरकारी निर्णयको बचाउ समेत गरेका छन्। सरकारले दिएको सार्वजनिक विदाको विषयलाई लिएर चौतर्फी विरोध भैरहेको बेलामा अब यो निर्णय सरकारले उल्टाउँछ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री श्रीपालीले सरकारले कुनै पनि राष्ट्र प्रमुख आउने बेला गर्ने सम्मानको शैली भएकोले यसमा विरोध गर्न नहुने बताए ।
फाइल फोटो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell