PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

कुन खेलाडीको ब्रान्ड भ्यालु स्टाटस के?



पहिलोपोस्ट

कीर्तिमानी ग्राण्ड्सलाम टेनिस च्याम्पियन रोजर फेडेरर सन् २०१६ मा सबैभन्दा बढी ब्राण्ड भ्यालु भएका खेलाडी बनेका छन्।

फोब्र्सले जारी गरेको सूचीमा १७ पटकका ग्राण्ड्सलाम  च्याम्पियन स्वीस स्टार फेडेरर ३७ मिलियन अमेरिकी डलर ब्राण्ड भ्यालुसहित शीर्ष स्थानमा छन्।

विश्व टेनिस वरीयतामा शीर्ष स्थानबाट तल झर्दै गएपनि फेडेररको ब्राण्ड भ्यालुमा भने कुनै कमी आएको छैन। 

गत महिना मात्र फोब्र्सले नै जारी गरेको 'वर्ल्डस हाइएस्ट पेइड एथ्लेट'मा फेडेरर चौथो स्थानमा थिए। तर फेडेररको ब्राण्ड भ्यालुमा भने एनबिए स्टार खेलाडी, फुटबलका स्टार खेलाडीहरुलाई पछि पारे।

दोस्रो स्थानमा रहेका एनबिए बास्केटबल खेलाडी लेब्रोन जेम्सको ब्राण्ड भ्यालु ३४ मिलियन रहेको छ। गल्फका फिल मिकेलसन २८ मिलियन ब्राण्ड भ्यालुसहित तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका स्प्रिन्ट किङ उसेन बोल्टको भ्यालु २५ मिलियन रहेको छ। गल्फकै टाइगर उड्स २३ मिलियन डलर भ्यालुसहित पाँचौ स्थानमा छन्। 

फुटबल खेल र खेलाडी विश्वभर चर्चित रहेपनि ब्राण्ड भ्यालुको शीर्ष ५मा कुनै पनि फुटबल खेलाडी परेका छैनन्।

१९ मिलियन ब्राण्ड भ्यलाु रहेका रियल मड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो छैटौं स्थानमा छन् भने बास्केटबलमा केभिन डुरान्ट १६ मिलियन डलर ब्राण्ड भ्यालुसहित सातौ स्थानमा छन्। 

१५ मिलियन ब्राण्ड भ्यालु रहेको बार्सिलोनामा स्टार लियोनल मेसी आठौं स्थानमा छन्। गल्फका रोरी म्याकलोरी १३ मिलियन डलर ब्राण्ड भ्यालुसहित नवौं स्थानमा छन्। 

शीर्ष दशमा अटाएका एक मात्र क्रिकेट स्टार भारतिय खेलाडी महेन्द्रसिंह धोनीको ब्राण्ड भ्यालु ११ मिलियन डलर रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell