PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

ए दिल है मुसकिल कस्तो छ?



पहिलोपोस्ट

करन जोहार लिखित तथा निर्देशित फिल्म 'ए दिल है मुस्किल' यो वर्षको बहुप्रतिक्षित फिल्म मानिएको थियो। बलिउड युवा स्टार रणवीर कपुर, ऐश्वर्या राय र अनुष्का शर्मा अभिनित फिल्म आजबाट प्रदर्शनमा आयो। फिल्म रिलिज अघि देखि विभिन्न कन्ट्रोभर्सीमा आएको थियो। प्रदर्शनपछि चाहिँ फिल्मले दर्शकको अपेक्षा मिट गर्ला त?

गल्फ टाइम्सले फिल्मलाई ५ मा २.५ स्टार दिएको छ। फिल्मलाई टाइम्स अफ इन्डियाले चार स्टार दिएको छ। विरोधाभाषपूर्ण रिभ्युले फिल्मको अवस्था चित्रण गरिरहेको देखिन्छ। कतै ठिकठाक कतै झुर!

प्रेम काहानीमा आधारित फिल्मको पहिलो हाफमा रणवीर कपुर, अयान र अनुष्का शर्मा एलिजाको रुपमा देखिन्छन्। धनी अविवाहित अयान एकोहोरो प्रेममा पर्छ। तर एलिजाले भने उसलाई असल साथीको रुपमा मात्र हेरेकी हुन्छे। अनुष्काका 'साथी कहिले पनि प्रेमी बन्न सक्दैन' जस्ता तर्क र आदर्शका संवादका कारण दर्शकलाई फिल्म सुस्त लाग्न सक्छ। 

एलिजाको पूर्व प्रेमी अलीको इन्ट्रीपछि फिल्मले नयाँ मोड लिन्छ। अलीको भूमिका निभाएका छन् अभिनेता फावद खानले। अलीको भूमिकालाई फिल्ममा विशेष कलाकारको रुपमा देख्न सकिन्छ तर अयान र एलिजाबीचको कुरामा उसलाई चाहिँदो जोडिएको छ जस्तो लाग्दैन।

एक अर्कासँग रमाइरहेका, खुशी भएका एलिजा र अयान अलीको आगमनसँगै छुट्टिन्छन्। र एक अर्काको सधैं साथ रहन नसक्ने थाहा पाउँछन्। र दु:खी हुन्छन्।

पहिलो हाफको यो कथा न्यारेट गर्छन् लेखक करन जोहार स्वयंमले। पेरिसको दृश्य समेटिएको प्लटहरु देख्दा धेरै पटक फिल्म 'तमासा'को सिन हेरे जस्तो लाग्छ। फिल्मको पहिलो हाफ जबरजस्ती तन्काए जस्तो लागे पनि फिल्ममा प्रयोग भएका पार्श्व संगीत र गीतले दर्शकको ध्यान खिच्छ। अयान र एलिजाबीचको ब्रेकअप गीतले पहिलो हाफको कथालाई केही आड दिएको पाइन्छ।

पहिलो हाफमा कही कतै 'ए जवानी है दिवानी'को ह्याङओभरले पनि छुन्छ। तर फावद खानको अझै केही भूमिका होला र ऐश्वर्या राय देखिएला भन्दा भन्दै इन्टरमिसन हुन्छ।

प्रचार प्रसारमा धेरै देखिएकी नायिका एश्वर्या भने फिल्मको दोस्रो हाफमा मात्र देखिन्छिन्। कवियत्रीको भूमिका निभाएकी सबा उर्फ एश्वर्य जति ट्रेलरमा देखिन्छिन् त्यती मात्र फिल्ममा भएको भान दर्शकलाई हुनसक्छ।  

फिल्म बारे केही बलिउड सेलीब्रेटीले यसरी ट्विट लेखेका छन्।

 

       



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell