PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

​लक्ष्मीपूजाकै दिन सौर्यबत्ती जडान गर्दै कामपा



पहिलोपोस्ट

काठमाडौ : आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले काठमाडाै महानगरपालिकाले सडकमा एक हजार सात सय ८२ सौर्यबत्ती जडान गर्ने भएको छ। 

आगामी आइतबार लक्ष्मीपूजामा कामपाका ३५ वटै वडामा बत्ती राख्ने तयारी पूरा भइसकेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।


त्यसका लागि कामपाले सबै सडकमा खम्बा राखेर बत्ती पनि जडान गरिसकेको छ। २० करोड लागतमा राख्न लागिएको सौर्यबत्तीको कुल लागतमध्ये ६० प्रतिशत सरकारी अनुदान, १५ प्रतिशत स्थानीय र २५ प्रतिशत कामपाले लगानी गर्नेछन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell