PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

​ला लिगा : रियल सोसिडाड छैटौ स्थानमा उक्लियो, अाज ४ खेल हुँदै



पहिलोपोस्ट

​ला लिगा : रियल सोसिडाड छैटौ स्थानमा उक्लियो, अाज ४ खेल हुँदै

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको दशौं चरणको एक मात्र खेलमा रियल सोसिडाड विजयी भएको छ। सोसिडाडले लेगानेसलाई उसैको मैदान २-० ले पराजित गर्‌यो।

सोसिडाडले खेलको दुवै हाफमा १/१ गोल गरेको थियो। २९ औं मिनेटमा विलियन जोसले गोल गर्दै उसलाई अग्रता दिलाए। दोस्रो हाफमा जावियर प्रिएटोले १ गोल गरेपछि सोसिडाड २-० ले विजयी भयो।

जितपछि १० खेलबाट १६ अंक जोडेको सोसिडाड एथ्लेटिको विल्वाओलाई पछि पार्दै छैटौ स्थानमा उक्लेको छ। सोसिडाडले ५ मा जित हात पार्दा १ खेल बराबरी गरेको थियो भने ४ मा पराजित भएको थियो।

ला लिगा अन्तर्गत आज ४ खेल हुँदैछन्। जसमा दोस्रो स्थानको सेभियाले स्पोर्टिङ गिहोनको भ्रमण गर्नेछ भने शीर्ष स्थानको रियल मड्रिडले अलाभेससँग उसैको मैदानमा खेल्नेछ।

यस्तै पाँचौ स्थानको एथ्लेटिको मैदानले घरेलु मैदानमा मालागासँग खेल्नेछ भने तेस्रो स्थानको बार्सिलोनाले ग्रानाडसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell