PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

जिदान भन्छन्, रोनाल्डो 'बालोन डे अर' को हकदार



पहिलोपोस्ट

जिदान भन्छन्, रोनाल्डो 'बालोन डे अर' को हकदार

रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नै क्लबका क्रिस्टियानो रोनाल्डो 'बालोन डेअर' को हकदार भएको बताएका छन्। 

जारी सिजन रियलका लागि उल्लेख्य प्रदर्शन गर्न नसकेपनि लियोनल मेसी भन्दा रोनाल्डोले नै बालोन डे अर अवार्ड जित्नुपर्ने जिदानले दाबी गरेका छन्।

'उनी (रोनाल्डो) बालाने डे अरको असली हकदार हो।' रियलका प्रशिक्षक जिदानले भने। 'व्यक्तिगत रुपमा मात्र होइन, तर उनी सामूहिक रुपमा पनि माथि छन्।' 

पोर्चुगललाई पहिलो पटक युरोकप जिताएपछि ३१ वर्षे रोनाल्डोलाई उक्त अवार्डका लागि फेभरेट रुपमा हेरिएको छ।

रोनाल्डोसँगै वर्तमान बालोन डे अर विजेता मेसी बालोन डे अर अवार्डको ३० सदस्यीय सूचिमा परेका छन्।

सन् २००९ मा म्यानचेष्टर युनाइटेडबाट रियल पुगेका रोनाल्डोले ३५७ खेलमा ३६८ गोल गरिसकेका छन्।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell