
म्यानचेष्टर युनाइटेडका म्यानेजर जोसे मोउरिन्होले क्लबका कप्तान वायन रुनी कतै पनि नजाने स्पष्ट पारेका छन्।
नियमित पहिलो रोजाईमा खेल्नका लागि रुनी ओल्ड ट्राफोर्ड छाडेर जाने हल्लाको खण्डन गर्दै मोउरिन्होले यस्तो बताएका हुन्।
सेप्टेम्वर १६ मा भएको प्रिमियर लिगमा वाटफोर्डसँग ३-१ ले हारेपछि ३१ वर्षे रुनी प्रिमियर लिगमा सुरुवाती रोजाईम पर्न सकेका छैनन्।
युनाइटेडले खेलेका पछिलला २ खेल पनि रुनीले चोटका कारण गुमाएका थिए।
'अहिलेसम्म कुनै समस्या छैन, तर पत्रिका बिक्रि गर्नका लागि तपाईँलाई कथा चाहिन्छ नै।' चेल्सी र रियलका पूर्व प्रशिक्षक समेत रहेका मोउरिन्होले भने।
'रुनी टप खेलाडी हुन्, हाम्रो लागि महत्वपूर्ण खेलाडी। मोउरिन्होले भने। उनी कतै जाने छैनन्, हामीलाई उनी मन पर्छ र उनलाई पनि हामी मन पर्छ।' मोउरिन्होले भने। 'उनी खुशी छैनन् किनकी उनी बेन्चमा छन् तर त्यो भन्दा पनि बढी चोटका कारण रुनी बेखुशी बनेका छन्।'
चोटका कारण रुनीले चेल्सीसँग लिग खेल र सहरी प्रतिद्वन्दी म्यानचेष्टर सिटी विरुद्वको इएफएल कपको खेल गुमाएका थिए। तर काल्फको इन्जुरीबाट मुक्त भएका रुनी अब फित भएको बताइएको छ।