PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

प्रहरीकै मोटरसाइकलको ठक्करबाट पूर्व सैनिकको मृत्यु



पहिलोपोस्ट

भीमदत्तनगर : इलाका प्रहरी कार्यालय झलारीको मोटरसाइकलको ठक्करबाट गए राति कञ्चनपुर, झलारीपिपलाडी नगरपालिका–११ कलुवापुरका ५५ वर्षीय प्रतापसिंह महराको मृत्यु भएको छ।
 
पूर्व सैनिक महरा राति झलारी बजारबाट पूर्वपश्चिम राजमार्गमा पैदल हिँड्दै घरतर्फ गइरहेका बेला विपरीत दिशाबाट आएको प्रहरीको मोटरसाइकलले राजमार्गको सुनवरा नदी नजिकै ठक्कर दिई घाइते बनाएको र उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
 
प्रहरीले मोटरसाइकल नं र चालक प्रहरीलाई सार्वजनिक गरेको छैन  घटनाबारे थप अनुसन्धान गर्न जिप्रकाबाट प्रहरी टोली घटनास्थल पुगेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell