PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

गैँडाको आक्रमणबाट मृत्यु



पहिलोपोस्ट

 कावासोती : नवलपरासीको कावासोती–१२ गैरीमा गैँडाको आक्रमणबाट अनिल मण्डलको मृत्यु भएको छ।

पैँतालिस वर्षीय मण्डलको आज बिहान शौच गर्न जङ्गल गएका बेला गैँडाको आक्रमणबाट मृत्यु भएको इप्रका, नवलपुरले जनाएको छ।

एक साता अगाडि मध्यविन्दु नगरपालिका–७ मा बाघको आक्रमणबाट पनि एक महिलाको ज्यान गएको थियो।

जङ्गलमा रहेको बाघ नियन्त्रण लिने प्रयास गरिए पनि सफल नभएपछि यहाँका बासिन्दा जङ्गल जान छाडेका छन्। चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरेको हो।

तीन दिनदेखि यो प्रयास जारी रहेको अम्रसा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिप्रसाद ढुङ्गानाले बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell