PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

आईएसद्वारा मोसुल क्षेत्रमा सयौँको हत्या, आठ हजार परिवार अपहरणमा : राष्ट्रसङ्घ



पहिलोपोस्ट

आईएसद्वारा मोसुल क्षेत्रमा सयौँको हत्या, आठ हजार परिवार अपहरणमा : राष्ट्रसङ्घ

जेनेभा (स्वीट्जरल्यान्ड) : संयुक्त राष्ट्रसङ्घले शुक्रबार एक पत्रकार भेटघाटमा इराकी सहर मोसुलबाट हालैका दिनमा करिब २५० जना सामान्य नागरिकको मृत्यु भएको जनाएको छ।
 
जेनेभास्थित राष्ट्रसङ्घ कार्यालयका प्रवक्ता रविना सम्दासिनीले जिहादी विद्रोहीले सर्वसाधारणलाई युद्धक्षेत्रमा बसिरहन दबाब दिएको बताए। उनीहरुले सर्वसाधारणलाई मानव ढाल बनाउने उद्देश्यका साथ उनीहरुलाई त्यहाँबाट बाहिरिन नदिएको प्रवक्ता सम्दासिनीले बताए।
 
इस्लामिक स्टेट (आईएस) जिहादी विद्रोहीले उनीहरुसँग विमती जनाउने कैयौँ मानिसको हत्या गरेको पनि स्थानीय सञ्चारमाध्यमले बताएका छन्।
 
आईएस विद्रोहीले इराकी सुरक्षाफैजमा काम गरी अवकाश प्राप्त २४ जनालाई मङ्गलबार र अन्य १९० जनालाई बुधबार घाँटी रेटी हत्या गरेको अधिकारकर्मीले दाबी गरेका छन्  
 
त्यसैगरी इराकी अल इजा सैन्य शिविरमा ४२ जना सर्वसाधारणलाई सरकारी पक्षबाट टाउकोमा गोली हानी हत्या गरिएको राष्ट्रसङ्घ कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ।
 
यस बाहेक सरकारी फौज मोसुल क्षेत्रमा घेरा हाल्दै अघि बढ्दै गर्दा आईएस समूहले करिब आठ हजार सर्वसाधारणलाई अपहरण गरी आफ्नो कब्जामा लिएको प्रवक्ता साम्दासिनीले बताए। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell