PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

भारतीय सेनाको कारबाहीमा ६ जना पाकिस्तानीको मृत्यु



पहिलोपोस्ट

भारतीय सेनाको कारबाहीमा ६ जना पाकिस्तानीको मृत्यु

इस्लामाबाद (पाकिस्तान) : पाकिस्तानको विदेश मन्त्रालयद्वारा शुक्रबार दिइएको जानकारी अनुसार भारतीय सेनाको काश्मिरी क्षेत्रको सिमानामा गरिएको कारबाहीमा दुई महिलासहित ६ जना पाकिस्तनी नागरिकको मृत्यु भएको छ।
 
मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भारतीय कारबाहीमा २२ जना पाकिस्तानी नागरिक गोली लागि घाइते भएका बताइएको छ।
पाकिस्तानी पक्षले भारतीय डेपुटी हाई कमिस्नरलाई बोलाएर घटनाको कडा शब्दमा निन्दा गरेको मन्त्रालयले जनाएको छ।

पाकिस्तानले सन् २००३ मा दुवै पक्षद्वारा गरिएको युद्धबिराम समझदारीको पालना गर्न र लगातार भारतीय पक्षद्वारा उल्लङ्घन गरिराखेको घटनाको छानबिन गर्न पनि आग्रह गरेको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell