PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

स्वार्थ त्यागेर अघि बढ्न तिहारले प्रेरणा देओस् : देउवा



पहिलोपोस्ट

स्वार्थ त्यागेर अघि बढ्न तिहारले प्रेरणा देओस् : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरुले आ–आफ्नो स्वार्थ त्यागेर अघि बढ्न आग्रह गरेका छन्।
 
शुभ दीपावलीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले मुलुकको समुन्नति र मुलुकवासीको हितलाई सर्वोपरी ठानी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सबै एक हुनुपर्नेमा जोड दिएका छन्। मुलुक इतिहासको महत्वपूर्ण मोडमा उभिएको उल्लेख गर्दै उनले मुलुकलाई समृद्ध राष्ट्रमा रुपान्तरण गर्न प्रयासरत रहिरहेको पनि बताएका छन्।
 
'संविधान समय, काल, परिस्थिति, आवश्यकता र जनचाहना अनुसार परिवर्तनीय हुन्छ। मुलुकका सामु विद्यमान समस्याहरुको शान्तिपूर्ण ढंगबाट आपसी सद्भाव र एकताका आधारमा हामी सबै एकजुट भई समाधान गर्न आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक अग्रसर हुन सबैलाई आग्रह गर्दछु,' सन्देशमा भनिएको छ।
 
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र भएकाले तिहारले एकतालाई अझ मजबुत बनाएको भन्दै सभापति देउवाले तिहारलाई अन्धकार विनाश गर्ने उज्यालोको चाडका रुपमा व्याख्या गरेका छन्।

'लोकतान्त्रिक संविधानको कार्यान्वयन गरी राजनीतिक स्थायित्व कायम गर्दै मुलुकलाई शान्त, समृद्ध र समुन्नत राष्ट्रमा रुपान्तरण गर्न मुलुकका सबै राजनीतिक दलका नेताहरुलाई आपसी सहमति, सहकार्य र एकताका लागि प्रेरणा प्रदान गर्न सकोस्' शुभकामना सन्देशमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell