काठमाडौं : 'सेल्फी हानौंला' गीतबाट चर्चा कमाएका गायक तथा संगीतकार शंकर थापा (स्माइल) ले 'सेल्फी भाग २' सार्वजनिक गरेका छन्।
उक्त एल्बममा रहेको 'ट्युशन पढाउँछु' गीतको भिडियो पनि युट्युबमार्फत सार्वजनिक भएको छ।
विकास सुवेदी निर्देशित गीतको भिडियोमा नायक तथा मोडल पल शाह र हालै मात्र 'लुट २' को 'ठमेल बजारमा' गीतबाट चर्चामा रहेकी मोडल एलिशा राईको अभिनय रहेको छ।
भिडियोमा पल एलिशालाई ट्युशन पढाउने शिक्षकका रुपमा देखिएका छन्।
गीतमा डिपी खनालको शब्द, शंकरको संगीत, शंकर र पूजा सुनुवारको स्वर रहेको छ। भिडियोलाई अनिल यूनिकरेलले छायांकन गरेका छन् भने शिलन लम्सालले सम्पादन गरेका हुन्।