PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

सुत्केरी हत्यामा लुटेरा समूह संलग्न हुन सक्ने प्रहरी अनुमान



पहिलोपोस्ट

बुटवल : रुपन्देहीको ग्रामीण क्षेत्र देवदहमा अज्ञात समूहको आक्रमणबाट हत्या गरिएकी २२ वर्षीया महिलाको हत्यामा लुटेरा समूह रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
 
जिल्लाको देवदह नगरपालिका– २ ढेगार, हजरीटोलकी करिब २४ वर्षीया नमकला पाण्डेको गत बिहीबार राति घरमा सुतिरहेको अवस्थामा हत्या भएको थियो।
 
दुई महिनाकी सुत्केरी रहेकी पाण्डेको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा शुक्रबार बिहान मृत्यु भएको हो। लुटपाटमा आएको समूहले उनको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा थप अनुसन्धानकार्यलाई अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए।
 
प्रहरीका अनुसार लुटेराको समूहले निज महिलाले शरीरमा लगाएका करिब पाँच तोला बराबरका विभिन्न गहनासमेत लुटेर लगेकाले सोही अनुसार अनुसन्धान भइरहेको डिएसपी मरासिनीले बताए। उनले घटनाको थप अनुसन्धानका लागि क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट अनुसन्धानको प्राविधिक टोलीसमेत मगाइएको र छिट्टैनै अनुसन्धानमा सफलता मिल्ने दाबी गरे।
 
मृतक पाण्डेका पति लामो समयदेखि वैदेशिक रोजगारीमा छन्। राति कोठामा एक्लै सुतिरहेको अवस्थामा ढोका फोरेर उनको हत्या गरी लुटपाट गरिएको थियो।
 
घरमा अर्को कोठामा सुतिरहेका परिवारले बिहान करिब ३.३० बजे मात्र अत्याधिक रगत बगेको देखेर थाहा पाएका थिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell