PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

भारतीय राष्ट्रपति आएकै दिन राष्ट्रपतिको दिवाभोज, प्रधानमन्त्रीको रात्रिभोज



पहिलोपोस्ट

भारतीय राष्ट्रपति आएकै दिन राष्ट्रपतिको दिवाभोज, प्रधानमन्त्रीको रात्रिभोज

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति प्रणव मुखर्जी तिहार सकिने बित्तिकै कात्तिक १७ गते बुधबार तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदैछन्। 

१८ वर्षपछि भारतीय राष्ट्रपतिले पहिलो पटक नेपालको भ्रमण गर्न लागेका हुन्। भ्रमणका क्रममा हुने कार्यक्रमको सूची परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको छ। 

कात्तिक १७ गते म‌ंगलबार-

राष्ट्रपति विद्यादेवी भण्डारी आफैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर भारतीय राष्ट्रपति मुखर्जीलाई स्वागत गर्नेछिन्। भारतीय राष्ट्रपतिको सम्‍मानमा सेरेमोनियल रिसेप्सन हुनेछ। 

दुई राष्ट्रपतिबीच राष्ट्रपति भवन शितल निवासमा भेटवार्ता हुनेछ। राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपतिको सम्मानमा दिवा भोजको आयोजना गर्नेछिन्।  

उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सित भारतीय राष्ट्रपतिको भेटवार्ताको कार्यक्रम सोही दिन रहेको छ। त्यही रात प्रधानमन्त्री प्रचण्डले आयोजना गर्ने रात्रिभोजमा भारतीय राष्ट्रपति सहभागी हुनेछन्। 

भारतीय राष्ट्रपति भारतीय राजदूतले आयोजना गर्ने रिसेप्सनमा पनि सहभागी हुनेछन्। 

कात्तिक १८ गते बिहीबार

यो दिन भारतीय राष्ट्रपति पशुपतिनाथ मन्दिरमा पुग्नेछन् र पूजा अर्चना गर्नेछन्। 

यही दिन काठमाडौँ विश्वविद्यालयले उनलाई मानार्थ डिग्री प्रदान गर्नेछ। काठमाडौँमा आयोजना गरिने नागरिक स्वागत कार्यक्रममा उनी सहभागी हुनेछन्। 

नीति अनुसन्धान प्रतिष्ठान नेपाल र इन्डिया फाउन्डेसनको आयोजनामा हुने सेमिनारमा भारतीय राष्ट्रपतिले सम्बोधन गर्नेछन्।

विभिन्न राजनीतिक दलका नेताहरुले पनि भारतीय राष्ट्रपतिसित यही दिन भेट्ने छन्। 


कात्तिक १९ गते शुक्रबार

यो दिन बिहानै उनी विमानबाट जनकपुर जाने छन् र जानकी मन्दिरमा पूजाआजा गर्ने छन्। त्यहाँ आयोजना हुने नागरिक सम्मानमा उनी सहभागी भएर उतैबाट पोखरा पुग्ने छन्। 

पोखराबाट काठमाडौँ फर्किएर त्रिभुवन विमानस्थलबाट सोही दिन उनी भारत प्रस्थान गर्नेछन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell