PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

लोकमान प्रकरणबारे परराष्ट्रमन्त्री महत भन्छन्- 'समय नआउँदै बोल्नुको अर्थ छैन'



पहिलोपोस्ट

लोकमान प्रकरणबारे परराष्ट्रमन्त्री महत भन्छन्- 'समय नआउँदै बोल्नुको अर्थ छैन'

  • सरिता पौडेल
चितवन : परराष्ट्रमन्त्री प्रकाशशरण महतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाअभियोगलाई संसदीय न्यायिक प्रक्रियाबाट टुंगो लाग्ने बताएका छन्।
 
नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले महाभियोगका बारेमा कांग्रेस संसदीय दलको बैठकले आधिकारिक निर्णय गर्ने समेत बताए। महाभियोग माओवादी र एमालेले  ल्याएको भन्दै उनले भने, 'यसबारेमा सभापति देउवाले समेत पार्टी बैठकमा छलफल नभएको भन्नुभएको छ, हामी संसदीय दलको बैठकबाट निर्णय गर्दछौं।'
 
मन्त्री महतले कांग्रेस सधैं न्यायको पक्षमा रहेको भन्दै सम्पूर्ण प्रक्रिया हरेर मात्रै महाभियोगबारे अगाडि बढ्ने स्पष्ट पारे। 'काग्रेस न्याय र सुशासनको पक्षमा छ। त्यहीअनुरुप परिपक्व निर्णय गरिनेछ। समय नआउँदै बोल्नुको अर्थ छैन,' उनको भनाइ थियो।
 
अर्को प्रसंगमा उनले भारतीय राष्ट्रपति नेपाल आउँदा काठमाडौंमा मात्रै बिदा हुने उनले बताए। बिदाको चलन पहिलेदेखि नै भएको भन्दै उनले यसमा विवाद नगर्न पनि सबैलाई आग्रह पनि गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell