चितवन : भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले भूमाफियालाई रोक्न सरकारले नयाँ ऐन घोषण गर्ने दाबी गरेका छन्।
चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसगँ कुराकानी गर्दै मन्त्री पाण्डेले सरकारले सार्वजनिक जग्गा एकीकरण गर्न परिपत्र गरिसकेको समेत जानकारी दिए। 'देशैभर यति बेला अवैध प्लटिङ र भूमाफिया बढेका छन्,' उनले भने, 'नआत्तिस् अब ऐन बनेपछि ती काम रोकिनेछन्।'
कसैले सार्वजनिक जग्गा हडपेको भए तत्कालै छोड्न आग्रह गर्दै उनले त्यसो नगरे सरकारले कारबाही गर्ने बताए।
मन्त्री पाण्डेले चितवनको बादरजुलाका स्थानीयहरुलाई एकै ठाउँमा जिल्लाको विभिन्न भागमा तिहारलगत्तै स्थानान्तरण गर्ने पनि आश्वासन दिए।
उनले पश्चिम चितवनको चित्रवन नगरपालिका, माडी नगरपालिकाको वसन्तपुर र पूर्वी चितवनको खैरहनीमा मालपोतको सेवा केन्द्रसँगै रिऊ र नारायणी नदी तटबन्ध गर्ने काम नै चितवनमा आफ्नो देखिने गरी भएको काम रहेको स्पष्ट पारे।