PahiloPost

Jun 15, 2026 | १ असार २०८३

नोबेल पुरस्कार घोषणाको तीन सातामा बबले खोले मुख



पहिलोपोस्ट

नोबेल पुरस्कार घोषणाको तीन सातामा बबले खोले मुख

साहित्यमा नोबेल पुरस्कार जितेपछि बब ड्यालन खुसी छन् कि छैनन् भन्ने कौतुहलता मेटिएको छ। बबले नोबेल पुरस्कार घोषणा भएको तीन सातापछिमात्रै यसबारे मुख फोरेका छन्। अमेरिकी गायक तथा गीत लेखक बबको मौनतासँगै नोबेल पुरस्कारमाथि धेरै चर्चा चल्यो।

'यो सम्मानका लागि म हार्दिक आभार व्यक्त गर्छु,' लिजेन्ड्री संगीतकारले स्विस एकेडेमीका स्थायी सचिव सारा डेनुअसलाई फोनमा उनले भने। उनी सम्पर्कमा आएलगत्तै नोबेल फाउन्डेसनले यसबारे जानकारी दिएको हो।

'नोबल पुरस्कारको समाचारले मेरो बोली नै रोक्यो,' उनले फोनमा बताए।

यति हुँदा हुँदै पनि नोबेल फाउन्डेसनले बब नोबेल पुरस्कार वितरण समारोहमा सहभागी हुन्छन् या हुन्नन खुलाएको छैन। बेलायती पत्रिका दी टेलिग्राफले उनलाई उदृत गर्दै समाचार लेखेको छ जसमा उनले भनेका छन्, 'सबै अवस्था मिल्यो भने डिसेम्बरमा हुने समारोहमा सहभागी हुन्छु।'
९ लाख २७ हजार ७ सय अमेरिकी डलरसहित उनले यो पुरस्कार पाउँदैछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell