PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

महाभियोगको पक्षमा कांग्रेसले निर्णय नलिए सरकारबाट हट्नुपर्छ : धनराज गुरुङ



पहिलोपोस्ट

महाभियोगको पक्षमा कांग्रेसले निर्णय नलिए सरकारबाट हट्नुपर्छ : धनराज गुरुङ

चितवन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाभियोगको पक्षमा कांग्रेस नबोले सरकारमा बस्नुको औचित्य नहुने बताएका छन्।

आज चितवनमा बोल्दै गुरुङले महाभियोगको पक्षमा कांग्रेसले चाँडै निर्णय नलिए सरकारबाट बाहिरिनुपर्ने अडान राखे।
 
'लोकमान जाँदैमा अख्तियार जाँदैन,' उनले भने, 'अख्तियार व्यक्तिको होइन संस्था हो।' नवलपरासीको कार्यक्रममा सहभागी हुन आएका गुरुङले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कांग्रेस महाभियोगको पक्षमा भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell