PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

बक्स अफिसमा पहिलो दिन कलेक्सन : ए दिल है मुसकिललाई १३.३० करोड र सिवायलाई १०.२४



पहिलोपोस्ट

बक्स अफिसमा पहिलो दिन कलेक्सन : ए दिल है मुसकिललाई १३.३० करोड र सिवायलाई १०.२४

बलिउड बक्स अफिसमा ए दिल है मुसकिल अगाडि देखा परेको छ। धेरैले प्रतीक्षा गरेको बलिउड बक्स अफिसको पहिलो दिनको ग्राफ सार्वजनिक भएको छ। जसमा करन जोहरको ए दिल है मुसकिलले अगाडि देखिएको हो। बलिउडका ट्रेड एनलिस्ट तरण आदर्शले ट्विट गर्दै फिल्मले १३ करोड ३० लाख कलेक्ट गरेको जनाए।
 

ए दिल है मुसकिल रणवीर कपुर, अनुस्का शर्मा र ऐश्वर्य रायको प्रेम र मित्रतामा आधारित फिल्म हो।

एकै दिन रिलिज भएको अर्का स्टार अजय देवगानको सिवाय पनि बक्स अफिस कलेक्सनमा पार्टनरकै रुपमा देखिएको छ। भारतका ४ हजार २ सय स्क्रिनमध्ये दुई फिल्मका लागि आधा आधा बाढिएका थिए।

ए दिल है मुसकिलले लिड गरे पनि सिवायले पछ्याउन सक्ने अवस्था कायम नै छ।
मल्टिप्लेक्समा ए दिल है मुसकिलले लिड गरे पनि सिंगल स्क्रिनले सिवायलाई साथ दिएको छ। पहिलो दिन १० करोड २४ लाख रुपैयाँ कलेक्सन गरेको छ सिवायले। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell