PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

सुनको सिक्री लुटेर भाग्ने ६१ वर्षका वृद्ध पक्राउ



पहिलोपोस्ट

काठमाडौँ : काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोकमा फलफुल किन्दै गरेको अवस्थामा सुनको सिक्री लुटेर भाग्ने एक वृद्ध पक्राउ परेका छन्।  

जडीबुटी बस्ने दोलखाकी  ३० वर्षीया पल्फा तामाङले घाँटीमा लगाएको करीव ५८ हजार रुपैयाँ मुल्य पर्ने १ तोलाको सुनको सिक्री लुटेर  भाग्ने क्रममा नुवाकोट नागुर–७ घर भएका ६१ वर्षीय छेङगोले गुरुङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट गस्तीमा खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell