PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

भारतीय राष्ट्रपति आउँदा विदा दिने सरकारको निर्णय उल्टिँदैन : प्रधानमन्त्री



मनोज सत्याल

भारतीय राष्ट्रपति आउँदा विदा दिने सरकारको निर्णय उल्टिँदैन : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सार्वजनिक विदा दिने सरकारको निर्णय नउल्टिने बताएका छन्।
 
आफ्नै निवास बालुवाटारमा सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले यो विषयमा सामाजिक सञ्जाल लगायतका ठाउँमा भएका बहसलाई नकारात्मक सोचाइको संज्ञा दिए।
 
राष्ट्रपति लगायतसँग भएको तयारी छलफलका क्रममा विदा दिने प्रस्ताव आएको जानकारी दिँदै त्यो दिन ट्राफिक जाम नहोस् भन्ने सहायक आधारमा विदा दिने निर्णय भएको भएको पनि उनले बताए।
 
'यो नराम्रो कुरा हैन तर हामी कहाँ धेरै नराम्रो कुरा आउने गरेको छ', उनले भने।
 
नेपालमा नकारात्मक सोचाइ राख्ने चलन भएको भन्दै उनले दुखेसो पोखे, 'यस्तै हो भने देश विकासै गर्न सकिँदैन कि भन्ने लागेको छ।'

उनले भारतका महामहिम आउन लागेको बेला त्यसलाई असर पर्ने गरी किन उछाल्नु परेको भन्ने प्रश्न राखे। सरकारको निर्णय नउल्टिने भन्दै उनले सोधे, सरकारलाई चिढ्याएर के फाइदा ?

राष्ट्रप्रति जिम्मेवारबोध गरेर लेख्ने बोल्ने गर्नुपर्छ भन्ने लाग्छ, उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell