PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

चार विषयमा संविधान संशोधनको तयारी भइरहेको प्रधानमन्त्रीको खुलासा



मनोज सत्याल

चार विषयमा संविधान संशोधनको तयारी भइरहेको प्रधानमन्त्रीको खुलासा

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले चार वटा विषयमा संविधान संशोधन गर्ने तयारी भइरहेको र त्यसका लागि सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटाउने कोशिशमा आफू लागिरहेको खुलासा गरेका छन्। 

मधेसी मोर्चा र नेपाली कांग्रेससित आफ्नै निवासमा भएको छलफललगत्तै सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले यसबारे बताएका हुन्। संविधान कार्यान्वयनलाई आफ्नो नेतृत्वको सरकारले प्रमुख चुनौति मानेको भन्दै संविधान संशोधनलाई अन्तिम रुप दिने काम भइरहेको बताए। 

उनले अहिले नै संविधान संशोधनका विषयमा धेरै कुराभन्दा वातावरण बिग्रने बताउँदै धेरै कुरा खोल्न चाहेनन्। तर चार वटा विषयमा संविधान संशोधनमा सहमति जुटाउने प्रयास भइरहेको खुलाए। 

के के हुन् त चार वटा विषय?

१) सीमाङ्कन
वर्तमान संविधानमा रहेको सात प्रदेशको संख्या भित्रै रहेर केही हेरफेर गर्ने समझदारीमा केन्द्रित रही छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए। यस्तो छलफल सहमति नजिक रहेको पनि उनको दावी थियो। 

सीमाङ्कनसँगै संघीय आयोगको कार्यक्षे (टीओआर) मा पनि सहमति जुटाउने गठन गर्ने गरी कुराकानी भइरहेको उनले बताए। 

२) अनुसूचिमा भाषा राख्ने
संविधानको व्यवस्था अनुसार भाषा आयोग गठन भइसकेको र यसले दिने सुझावहरुका आधारमा नीति बनाई संविधानको अनुसूचिमा भाषाहरु राख्ने गरी सहमति जुटिरहेको प्रधानमन्त्रीले बताए। 

३) राष्ट्रिय सभामा प्रतिनिधित्व
संविधान अनुसार माथिल्लो सदन राष्ट्रिय सभामा प्रदेशहरुको प्रतिनिधित्व गर्दा जनसंख्याको आधारमा गर्ने गरी सहमति जुटाइँदैछ। त्यसका लागि प्रत्येक प्रदेशबाट ४ वा ३ सिट राखी बाँकी संख्या जनसंख्याका आधारमा तोक्ने तयारी भएको प्रधानमन्त्रीले जनाए। 

४) नागरिकता
मधेसकेन्द्रित दलहरुको अर्को प्रमुख चासोको विषय नागरिकताको रहेको छ। यसमा प्रधानमन्त्रीले धेरै कुरा नप्रष्ट्याए पनि अन्तरिम संविधानको मूल स्पिरिट अनुसार बनाउने सहमति जुट्दै गरेको जानकारी दिए। अन्तरिम संविधानमा अङ्गीकृत नागरिकता भएकाले देशको प्रमुख पदमा नियुक्त हुन नसक्ने प्रावधान थिएन। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell