PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सडकभरि सयपत्री : २० फोटोमा हेर्नुस्, फूलैफूलले सजिएको राजधानी

सडकभरि सयपत्री : २० फोटोमा हेर्नुस्, फूलैफूलले सजिएको राजधानी

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : उज्यालो पर्व तिहार फूलैफूलको चाड पनि हो। शरदको यो खुलेको मौसममा फूलेका मखमली र सयपत्रीले तिहारलाई साँच्चिकै स्वागत गरेझैं लाग्छ।
 
घर सजाउन मात्र होइन यमपञ्चकका सबैदिन फूलको महत्व ठूलो छ। कागतिहार, कुकुरतिहार, गोवर्द्धनपूजा, लक्ष्मीपूजादेखि भाइपूजा सम्म फूल नभई हुन्न।
 
आज तिहारको तेस्रो दिन। आज साँझ घरघरमा लक्ष्मीपूजा गरिँदैछ। राजधानीलगायत मुख्य सहरमा भने बिहानैदेखि सयपत्री र मखमलीको व्यापार सुरु भइसकेको छ।
 
राजधानीका विभिन्न स्थानमा सडकपेटीमा बेच्न राखिएका पहेँलपुर सयपत्री र बैजनी मखमलीको दृश्य मनमोहक देखिन्छ। यो सिजनमा नेपाल मात्र होइन भारतबाट समेत फूल आयात हुन्छ।
 
गतवर्ष नाकाबन्दीका कारण भारतबाट प्रर्याप्त फूल आयात हुन सकेन। तिहारमा करिब २ करोड ४० लाख रुपैयाँसम्मको सयपत्री माला कारोबार हुने फ्लोरिकल्चर एसोसिएशनले जनाएको छ। तिहारमा ८ लाख माला खपत हुने एशोसिएसनको अनुमान छ।
 
तिहारमा प्रयोग हुने ८० प्रतिशत सयपत्री माला नेपालकै स्वदेशी उत्पादनले धान्छ। बाँकी २० प्रतिशत भारतबाट आयात हुन्छ।


ट्रेन्डिङ पोस्ट

Ncell