PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

तीन दलको एकताप्रति आशावादी छु : राणा



पहिलोपोस्ट

तीन दलको एकताप्रति आशावादी छु : राणा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले संविधान संशोधन र कार्यान्वयन गर्न सबै दल नमिली नहुने बताएका छन्।
 
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा पुगेको पत्रकारहरुको देउसी–भैलो टोलीसँग कुरा गर्दै राणाले संविधान संशोधनका लागि प्रमुख दलहरु एक ठाउँमा उभिनुपर्ने बताए।
 
सत्ता साझेदार कांग्रेस-माओवादी र एमालेबीच पछिल्ली समय देखिएको एकताबाट आफू आशावादी रहेको उनको भनाइ छ।
 
संविधान संशोधनमार्फत सबैको सर्वस्विकार्य बनाउँदै यसको कार्यान्वयनको लागि समयमै तीन वटा निकायको चुनाव गर्नुपर्ने आवश्यकत्तामा दलहरु अघि बढ्नुपर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell