PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

परराष्ट्रमन्त्री महत भन्छन्- 'सबैको सहमतिमा संविधान संशोधन हुन्छ, शंका नगर्नुस्'



पहिलोपोस्ट

परराष्ट्रमन्त्री महत भन्छन्- 'सबैको सहमतिमा संविधान संशोधन हुन्छ, शंका नगर्नुस्'

काठमाडौं : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चाँडै संविधान संशोधन हुने स्पष्ट पारेका छन्।
 
रिपोर्टर्स क्लब नेपालको अगुवाइमा पुगेको पत्रकाहरुको देउसी–भैलो टोलीसँग कुरा गर्दै उनले सबैको सहमतिमै संविधान संशोधन हुने भएकाले शंका नगर्न आग्रह गरे।
 
 
नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर नै आफ्नो कुटनीतिक सम्बन्धलाई अघि बढाउने पनि उनले विश्वास व्यक्त गरे। ‘नेपालले आफ्नो आवश्यकत्ता कूटनीतिक पहलमार्फत सही समय र उपर्युक्त बेलामा आफ्नो कुरा उठाउँछ,' उनले भने, 'नेपालले संयुक्त राष्ट्रसंघ लगायत अन्य अन्तर्राष्ट्रिय मञ्चमा उच्चस्तरमा आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कुरा राख्छ।’
 
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको बेला बिदा दिने कुरामा अनावश्यक विवाद बनाउने काम कसैले पनि गर्न नहुने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell