PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

प्रचण्डले भने- 'ऋषि धमलाले दिएको आशिक लाग्यो'



पहिलोपोस्ट

प्रचण्डले भने- 'ऋषि धमलाले दिएको आशिक लाग्यो'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमलम दाहाल प्रचण्डले आफूलाई 'खुट्टै तान्न राम्रो मान्ने' नेपालीको कल्चर बन्ने हो कि भन्ने डर लागेको बताएका छन्।
 
रिपोर्टर्स क्लब नेपालले बालुवाटारमा खेलेको देउसी-भैलो कार्यक्रममा प्रचण्डले नेपालीहरुबीच नराम्रोको निम्ति प्रतिस्पर्धा गर्ने खतरा पैदा भएको बताए। उनले तिहारले नेपालीहरुमा सकारात्मक भावना जगाउने अपेक्षा समेत व्यक्त गरे।
 
प्रचण्डले आफू संविधानको स्वीकार्यता बढाएर निर्वाचन गराउने चुनौतीपूर्ण अवस्थामा प्रधानमन्त्री भएको भन्दै त्यसका लागि खटिरहेको टोलीलाई जानकारी गराए।
 
संविधान संशोधन लगायतका विषयमा आज ४ बजे मधेसी मोर्चासँग औपचारिक वार्ता हुन लागेको उल्लेख गर्दै उनले अहिले सत्तापक्ष र प्रतिपक्षबीचको तिक्तता घटेको दाबी गरे। आफू अहोरात्र खटेर निर्वाचनको वातावरण बनाउन लागिपरेको उनको भनाइ छ।
 
प्रचण्डलाई गत वर्ष ऋषि धमला अध्यक्ष रहेको रिपोर्टर्स क्लबको देउसी-भैलोमा प्रधानमन्त्री बन्ने आशिक दिएको थियो। आइतबार बिहानै बालुवाटार पुगेर भैली खेलेको धमला नेतृत्वको रिपोर्टर्स क्लबको आशिक लागेको भन्दै प्रचण्डले धन्यवाद दिए।
 
उनले भने, 'फेरि पनि यहाँ आएर आशीर्वाद दिनुभएको छ, त्यसका लागि धन्यवाद। गत साल तपाईंहरुले भनेको पुगेको छ। दीपावलीको उपलक्ष्यमा आशिष् दिने प्रक्रिया चलिराखोस् शुभकामना।'
 
भैली खेल्न पुगेको धमला नेतृत्वको टोलीसँग प्रचण्ड केहीबेर नाचेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell