PahiloPost

Jun 15, 2026 | १ असार २०८३

बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु



पहिलोपोस्ट

गोरखा : गोरखामा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

फुजेलबाट सदरमुकाम आउँदै गरेको ग१ख २७८६ नम्बरको बसको ढोकाबाट खस्दा सोही बसका सहयोगीको आज बिहान मृ्त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। मृत्यु हुनेमा फुजेल–२ का १७ वर्षीय विकास परियार रहेका छन्।

जिल्ला अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको हो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell