PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

लोकमानविरुद्धको महाभियोग प्रस्ताव सहमतिमै टुंगो लाग्छ : सभामुख घर्ती



पहिलोपोस्ट

लोकमानविरुद्धको महाभियोग प्रस्ताव सहमतिमै टुंगो लाग्छ : सभामुख घर्ती

काठमाडौं : सभामुख ओनसरी घर्तीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र संविधान संशोधन दलबीचको सहमतिमै टुंगिने विश्वास व्यक्त गरेकी छिन्।
 
संविधान संशोधनका विषयमा दलहरु छलफलमा जुटिरहेको बताउँदै उनले संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव दलबीचकै सहमतिमै टुंगिने विश्वास दिलाइन्। रिपोर्टर्स क्लब नेपालको नेतृत्वको गएको पत्रकारहरुको देउसी–भैलो टोलीसँग बोल्दै सभामुख घर्तीले संविधान संशोधन र निर्वाचनको लागि आवश्यक पर्ने ऐन कानुन द्रुत गतिमा निर्माण भइरहेको पनि जानकारी गराइन्।
 
'तीन वटै निकायको चुनाव पनि समयमै हुन्छ,' उनले भनिन्, 'मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन दलहरु एक ठाउँमा उभिनैपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell