PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

सबै मिलेर परम्परा अक्षुण्ण राखे मात्र देश शान्त र समृद्ध : देउवा



पहिलोपोस्ट

सबै मिलेर परम्परा अक्षुण्ण राखे मात्र देश शान्त र समृद्ध : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल सम्वतको अवसरमा शुभकामना सन्देश दिएका छन्। देउवाले आज विज्ञप्ति जारी गरी सम्पूर्णमा शुभकामना व्यक्त गरेका हुन्।
 
‘वागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सम्वत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर हो।‘ उनले विज्ञप्तिमा नेपाल सम्वतको नयाँ दिनले हरेक वर्ष सबै नेपालीलाई यसका प्रणेता शंखधर साख्वाको योगदानलाई सम्झाउने उल्लेख गरेका छन्।
 
‘यसको प्रचलन तिनै समाजसेवी साख्वाले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो,’ देउवाले भनेका छन्, ‘शंखधर साख्वालाई उहाँको उदारताको कदर गरेर हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेका छौं।‘
 
देउवाले नेपाल विभिन्न भाषा, धर्म र संस्कृति भएको एक प्राचीन मुलुक भन्दै एकले अर्काको भाषा, धर्म र संस्कृतिको आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट र सौहार्दपूर्ण परम्परा रहेको बताएका छन्। ‘हामी सबै मिलेर यो परम्परालाई सधैं अक्षुण्य राखेर हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सक्यौं भने मात्र हाम्रो देश नेपाललाई शान्त, समृद्ध र समुन्नत नेपालमा रुपान्तरण गर्न सकिनेछ,’ देउवाले भनेका छन्।
 
उनले नेपाल सम्वत् आफ्नै धर्तीमा सुरु भएको सम्वत् भएको भन्दै नेपाल सम्वतको नयाँ दिन सबैका लागि प्रेरणा हुने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell