PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

पूर्वराष्ट्रपति यादव स्वदेश फर्कंदै, भन्छन्- 'म क्यान्सरबाट मुक्त भएँ'



पहिलोपोस्ट

पूर्वराष्ट्रपति यादव स्वदेश फर्कंदै, भन्छन्- 'म क्यान्सरबाट मुक्त भएँ'

वासिङ्टन डिसी : पूर्व राष्ट्रपति डा. रामवरण यादवले आफू क्यान्सरको सङ्क्रमणबाट मुक्त भएको बताएका छन्।
 
चिकित्सक, सहयोग गर्ने नेपाल सरकारका निकाय, अमेरिकास्थित नेपाली दूतावास र अमेरिकामा रहेका नेपाली समुदायको सद्भावको कारण नै आफ्नो रोग निराकरण भएको भन्दै उनले खुसी व्यक्त गरे।

यादव अमेरिकाको मिचिगनमा रहेको हेनरी फोर्ड अस्पतालमा गत सेप्टेम्बरदेखि उपचाररत छन्। डा. मेननको नेतृत्वमा रहेको चार सदस्यीय चिकित्सकको टोलीले रोवटिक सर्जरी विधि अपनाएर उनको प्रोस्टेटको शल्यक्रिया गरेको थियो। स्थानीय समय अनुसार आज साँझ नेपाल फर्किन लागेका यादवले शल्यक्रियापश्चात् सोही अस्पतालको अतिथि गृहमा आराम गरिरहेका थिए।
 
'उपचारको नियमित चेकजाँचको लागि ५/६ महिना पछि फेरि आउन चिकित्सकले भन्नुभएको छ,' डा. यादवले भने, 'तर नियमित व्यायाम र सन्तुलित आहारले मेरो स्वास्थ्य सबल बन्ने विश्वास लिएको छु।'
 
उनले नेपालीको महान् चाड तिहार, छठ र नेपाल संवतको अवसरमा सबै नेपालीमा एकता मेलमिलाप र सद्भाव कायम गर्दे समृद्ध नेपाल निर्माणमा योगदान पुर्‍याउन आफ्नो स्थानबाट सहयोग गर्न अपिल पनि गरेका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell