PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

भूकम्पपछि जसरी एक भएका थियौं, त्यो एकता दलबीच अब देखिनेछ : प्रधानमन्त्री



पहिलोपोस्ट

भूकम्पपछि जसरी एक भएका थियौं, त्यो एकता दलबीच अब देखिनेछ : प्रधानमन्त्री

ललितपुर : प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्। 

न्हुदँ समारोह समितिद्वारा आज नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिक र्‍यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको बताए।

विनाशकारी भूकम्पपछि जसरी नेपालका राजनीतिक दल एकताबद्ध भएका थिए, त्यसैगरी अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो।

उनले मधेस, थारु, आदिवासी जनजातिले उठाउँदै आएको जायज मागलाई संविधान संशोधनमार्फत पूरा गरेर निर्वाचन गरिनुपर्नेमा जोड दिए। 'संविधान संशोधनका लागि राजनीतिक दलहरु सहमति नजिक पुगेका छौं,' उनले भने, 'के मधेस, के पहाड, के तराई सबै एकढिक्का भएर देशलाई आर्थिक विकासतर्फ लैजानु आजको आवश्यकता हो।'

उनले नेवार समुदायको मात्र नेपाल संवत् नभएर सम्पूर्ण नेपालीको राष्ट्रिय संवत् भएको बताए। नेपाल संवतलाई अन्तर्राष्ट्रिय रुपमा रहेको इस्वी संवतसँग तालमेल हुनेगरी स्थापित गराउन जरुरी रहेको पनि प्रधानमन्त्रीको जोड थियो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell