PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विशाखापटनम बन्दरगाहबाट मालसामान आयात-निर्यात गर्ने बाटो खुल्यो, व्यवसायी उत्साही



राधेश्याम पटेल

विशाखापटनम बन्दरगाहबाट मालसामान आयात-निर्यात गर्ने बाटो खुल्यो, व्यवसायी उत्साही

वीरगन्ज : नेपाली आयातकर्ताले अब भारतको दोस्रो बन्दरगाह विशाखापटनमबाट मालसामान बिनाझन्झट आयात/निर्यात गर्ने पाउने भएका छन्।
 
राष्ट्र बैंकले विशाखापटनम बन्दरगाहबाट मालसामान आयात/निर्यात गर्न अनुमति दिँदै कात्तिक ८ गते सरोकारवालाहरुलाई पत्र पठाइसकेको छ। पत्रमा भारतीय बन्दरगाह कोलकाता-हल्दिया तथा विशाखापटन हुँदै सामान आयात गर्न सकिने भन्सार नाकाहरु निर्धारण गरिएको छ। विशाखापटनम बन्दरगाहबाट ट्रक वा रेलमार्गबाट आयात गरिने मालसामान वीरगन्ज, विराटनरगर, भैरहवा, नेपालगन्ज र सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट नेपाल भित्र्याउन सकिने भएको छ।
 
पत्रमा ‘सम्बन्धित बन्दरगाहबाट सामान छुटाउने प्रयोजनको लागि जुन बन्दरगाहबाट मालसमान आयात गरिने हो, त्यसको  छुट्टाछुट्टै प्रतित पत्रको विवरण तयार गरी राष्ट्र बैंकमा पेश गर्न' निर्देशन दिइएको छ।
 
अब नेपाली आयातकर्ताले तेस्रो मुलुकबाट मालसामान आयात गर्दा कोलकाता बाहेक विशाखापटनम बन्दरगाह हुँदै मालसामान आयात गर्न प्रतितपत्र खोल्ने र सोझै आयात गर्न पाउने बाटो खुलेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले बताए। लामो समयपछि राष्ट्र बैंकले दिएको यस्तो अनुमतिले स्वदेशी आयातकर्ताहरु उत्साहित भएको उनको भनाइ छ।
 
८ महिनाअघि यस विषयमा भारतको राजधानी नयाँदिल्लीमा नेपालको उपयोगका लागि नेपाल र भारतबीच बन्दरगाह खोल्ने सम्झौता भएको थियो।
 
स्वदेशी आयातकर्ताहरुको लागि सबैभन्दा नजिक कोलकाता बन्दरगाह भए तापनि अव्यवस्था र जामका कारण व्यापारीहरु ठूलो मारमा पर्दै आएका थिए। विलम्ब शुल्क र डिटेन्शन शुल्कका कारण नेपाली व्यापारीले बर्सेनि करौडौं रुपैयाँ  कोलकाता बन्दरगाहलाई बुझाउनुपरेको थियो। यही झन्झटका कारण यहाँका व्यापारीहरुले वैकल्पिक बन्दरगाहको रुपमा विशाखापटनमबाट मालसमान ल्याउनुपर्ने माग राख्दै आएका थिए।
 
कोलकाता बन्दरगाह पुरानै संरचनामा सञ्चालनमा रहेकाले मालसमान ओसारपसारमा ढिलाइ हुँदै आएको छ। तर पनि व्यापारीहरुले भारत सरकारलाई विभिन्न कर बुझाउनुपर्ने बाध्यता छ।
 
कोलकाता बन्दरगाहमा भइरहेको जामका कारण आफूहरुले अझै पनि प्रतिकन्टेनर चर्को वेटी शुल्क र डिटेन्सन शुल्क तिर्नु परिरहेको व्यापारीहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell