सेल्फिस शब्द जति नराम्रो छ, सेल्फी त्यस्तो छैन। त्यसो त सेल्फी पनि आत्मकेन्द्रित गतिविधि नै हो। अरुको सहायता बिना आफैले मोबाइलबाट फोटो खिच्ने यो चलन दिनप्रतिदिन फस्टाउँदैछ। बिस्तारै अब सेल्फी खिच्दा मुख चुच्चो पार्ने चलन पनि हट्दैछ र फोटो राम्रो बनाउने नयाँ नयाँ आइडिया थपिएका छन्। यहाँ हामी तपाईँलाई पाँच वटा एन्ड्रोइड एपबारे जानकारी दिँदैछौँ, जसले तपाईँको सेल्फीलाई अझै राम्रो बनाउन सघाउनेछ-
१) इन्स्टा ब्युटी
७० करोड प्रयोगकर्ता भएको दावी गर्ने यो एपमा सेल्फी फिल्टर, मेकअप स्टाइल, इमोजीहरु प्रशस्त छन्। डाउनलोड गर्नुस्।
२) ब्युटी प्लस
१० करोडभन्दा बढी प्रयोगकर्ता भएको दावी गर्ने यो एपबाट तपाईँले फोटो र भिडियो सेल्फी सजिलै बनाउन सक्नुहुन्छ। छाला राम्रो पार्ने, आँखा उज्यालो पार्ने, दाँत सेतो पार्नेदेखि आँखाको रङ्ग परिवर्तन गर्ने र फिल्टर र स्पेसल इफेक्ट पनि यसबाट राख्न सकिन्छ। डाउनलोड गर्नुस्।
३) फोटोरस
यो फोटो एडिटर र पिक कोलाज मेकर र फोटो ग्रिड पनि हो। फिल्टर, लेआउट र फ्रेमहरु यसमा प्रशस्त छन्। डाउनलोड गर्नुस्
४) ब्लर इमेज ब्याकग्राउन्ड
सेल्फीमा मुख्य कुरा तपाईँको अनुहार हो। बाँकी मतलब हुँदैन। तपाईँको अनुहार बाहेक बाँकी कुरा धमिलो बनाउन यो एप उपयोगी हुन्छ। सेल्फी खिचेर मात्र हैन एल्बममा भएका अरु फोटोको पनि तपाईँले ब्याकग्राउन्ड ब्लर गर्न सक्नुहुन्छ। डाउनलोड गर्नुस्
५) रिभ्याम्पिक
यो म्याजिक इफेक्टसको पावरफूल तर प्रयोग गर्न सजिलो फ्री फोटो एडिटर र कोलाज मेकर हो। औँलाले केही ट्याप गर्दैमा तपाईँको फोटोमा म्याजिक इफेक्टस आउँछ भने किन पछि पर्ने? डाउनलोड गर्नुस्