PahiloPost

Jun 15, 2026 | १ असार २०८३

खोलामा युवकको शव, प्रहरीले गर्‍यो हत्याको आशंका



पहिलोपोस्ट

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको सिमानामा पर्ने बमहा खोलामा आज एक व्यक्तिको शव फेला परेको छ। बुटवल उपमहानगरपालिका–५ गोलपार्कका ३५ वर्षीय वीरबहादुर गुरुङको शव आज बिहान फेला परेको हो।

एकाबिहानै खोलामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
 
इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक वसन्त रानाका अनुसार शव केही भाग पानीमा डुबेको र केही भाग जमिनमा रहेको अवस्थामा फेला परेको थियो। मृतकको साथमा रहेको नेपाली नागरिकताका आधारमा उनको परिचय खुलेको थियो।
 
मृतकको शवको प्रकृति हेर्दा शरीरका विभिन्न भागमा चोटपटक लागेको देखिएकाले कसैले कुटपिट गरी हत्या गरेर फालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान जारीरहेको प्रहरी निरीक्षक रानाले बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell