PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

१५ फोटोमा हेर्नुस्, नयाँ वर्षमा यसरी झुम्दैछ कीर्तिपुर

१५ फोटोमा हेर्नुस्, नयाँ वर्षमा यसरी झुम्दैछ कीर्तिपुर

अमर बडुवाल/पहिलोपोस्ट


काठमाडौं : आजदेखि नेपाल संवत्‌ ११३६ पूरा भई ११३७ सुरु भएको छ। नेपाल संवत्‌को नयाँ वर्ष आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। यो संवत्‌लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। 

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्‌को सुरुवात गरेका हुन्। २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवत्‌‌लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो। 

देशभर नेपाल संवत्‌को खुसीयाली छाइरहँदा कीर्तिपुरमा पनि आज र्‍यालीको आयोजना गरिएको छ। कीर्तिपुरको मुख्य चोक नयाँबजार-पाँगा दोबाटोमा 'न्हुदँया भिन्तुना'लेखेर रङहरुको आकर्षक चित्र बनाइएको छ। सडकभरि रङ पोतेर त्यहाँ घडाहरु सजाइएका छन्। चोकचोकमा निकालिएका र्‍यालीले कीर्तिपुर आज नयाँ वर्षको आगमनमा झुमिरहेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell