PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

भारतीय राष्ट्रपतिको आसन्न भ्रमण : सुरक्षा योजनाबारे सरकारी अधिकारीले लिए जानकारी



पहिलोपोस्ट

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको सुरक्षा योजना बारे परराष्ट्र, रक्षा मन्त्रीसहित उच्च सरकारी अधिकृतले जानकारी लिएका छन्।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, रक्षामन्त्री बालकृष्ण खाँण, रक्षा सचिव श्रीधर सापकोटा, परराष्ट्र सचिव शङ्करदास वैरागीले सुरक्षा योजनाका बारेमा नेपाली सेनासित आज जानकारी लिएका हुन्।

सो अवसरमा प्रधानसेनापती राजेन्द्र क्षत्री तथा बालाध्यक्ष बलदेव महतको समेत उपस्थिति रहेको थियो मन्त्री खाँणले नेपाली सेनाले राष्ट्रपति मुखर्जीको आसन्न नेपालको राजकीय भ्रमणका क्रममा उच्च सतर्कताका साथ सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए।

राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षीलाई कात्तिक १७ गते काठमाडौँमा स्वागत गर्नेछिन्।

सोही दिन राष्ट्रपति भण्डारीसित भारतीय राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता हुनेछ भने उनको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

त्यसैगरी राष्ट्रपति मुखर्जी नेपालका लागि भारतीय राजदूत रणजित रायले आयोजना गर्न स्वागत समारोहमा सहभागी हुनेछन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell