PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

​प्रिमियर लिग : अपराजित टोटनहमलाई पछि पार्दै चेल्सी चौथो स्थानमा



पहिलोपोस्ट

​प्रिमियर लिग : अपराजित टोटनहमलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

चेल्सी इंगलिस प्रिमियर लिगको चौथो स्थानमा उक्लेको छ । गएरातिको खेलमा साउदह्याम्पटनलाई पराजित गरेपछि चेल्सीले यस सिजन अपराजित रहेको टोटनहमलाई अंक तालिकामा पछि पारेको छ। यस्तै चेल्सीले शीर्ष ३ स्थानमा रहेको सिटी, आर्सनल र लिभरपुलसँग पनि अंक दुरी छोट्याएको छ।

साउदह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले साउदह्याम्पटनलाई २-० ले हरायो। चेल्सीलाई सिजनको सातौं जित दिलाउने क्रममा डिएगो कोस्टा र एडेन हाजार्डले गोल गरे।

१० खेलपछि २२ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लेको छ। चेल्सीले यस सिजन ७ खेलमा जित हात पार्दा १ बराबरी खेलेको छ भने २ मा पराजित भएको थियो। चेलसी चौथो स्थानमा उक्लँदा टोटनहन पाँचौमा झरेको छ।

यता शीर्ष ३ मा रहेको सिटी, आर्सनल र लिभरपुलले पनि समान ७ खेल नै जितेको छ भने समान २ मा बराबरी र १ मा हारको नतिजा निकालेको छ।

गएराति नै भएको अर्को खेलमा एभरटनले घरेलु मैदानमा वेष्टहम युनाइटेडलाई २-० ले नै पराजित गरेको छ। एभरटनको जितमा रोमेलु लुकाकु र रोस बार्कलेले १/१ गोल गरे। जितपछि १० खेलबाट १८ अंक जोडेको एभरटन छैटौ स्थानमा छ।

प्रिमियर लिग अन्तर्गत नै आज राति दशौं चरणको अन्तिम खेलमा स्टोक सिटी र स्वान्सी सिटी भिड्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell