PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

इटालियन सिरी ए : एसी मिलानको सातौं जित, तेस्रो स्थानमा उक्लियो



पहिलोपोस्ट

एसी मिलानले इटालियन सिरी ए मा सिजनको सातौं जित हात पारेको छ। लिग अन्तर्गत गएराती भएको खेलमा मिलानले पेस्कारालाई १-० ले हरायो।

घरेलु मैदानमा भएको खेलमा मिलानलाई जिताउन गिआकोमा बोनोभन्टुराले निर्णायक गोल गरे।

जितसँगै एसी मिलान अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। ११ खेलबाट ७ जितसहित २२ अंक जोडेको मिलान अंक तालिकामा युभेन्ट्स र रोमाभन्दा पछि छ। 

शीर्ष स्थानमा रहेको युभेन्ट्सको २७ अंक छ भने रोमा २३ अंक सहित दोस्रो स्थानमा छ। रोमा भने एम्पोलीसँग उसैको मैदानमा गोलरहित बराबरीमा राकियो।

बराबरीपछि रोमाले युभेन्ट्ससँग अंक दुरी कम पार्ने मौका गुमायो।

गएराति नै भएको खेलमा लाजियो ससुलोलाई २-१ ले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ। लाजियोको जितमा सेनाड लुलसि र सिरो इम्मोबाइलले १/१ गोल गरे।

यस्तै इन्टर मिलान साम्पडोरियासँग  १-० ले पराजित भएको छ। साम्पडोरियालाई घरेलु मैदानमा जित दिलाउन फाविया क्वागलिएलेरालेनिर्णायक गोल गरे।

११ खेलबाट समान १४ अंक रहेको इन्टर र साम्पडोरिया क्रमश एघारौ र १२ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell