PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

पाँचथरमा कृत्रिम फूलको व्यापार बढ्यो



पहिलोपोस्ट

पाँचथर : तिहारको समयमा फूलको अभाव भएपछि सदरमुकाम फिदिम लगायत ग्रामीण भेगका बजारमा कृत्रिम फूलको व्यापार बढेको छ।
 
व्यावसायिक रुपमा फूलखेती नहुँदा सहर बजारमा फूलको अभावले कृत्रिम फूलको व्यापार बढेको व्यवसायीहरु बताउँछन्।
 
कस्मेटिक पसल गर्दै आएका फिदिमका वर्षा एन्ड समुद्र स्टोर्सका प्रोपाइटर अनिलकुमार गुप्ताले भने, “तिहारको समयमा घर सजाउन कृत्रिम फूल, देवीदेवताको पोस्टकार्ड र पूजा सामाग्रीको व्यापार अहिले बढेको छ।' अहिले दैनिक रु ३० हजाको हाराहारीमा यस्ता सामान बिक्री भइरहेको उनले बताए।
 
उनका अनुसार ग्रामीण भेगमा पनि कृत्रिम फूल तथा पूजा सामग्री धेरै नै गएको छ। अहिले गाउँमासमेत कृत्रिम फूल सजाउने माध्यम बनेको छ।
 
तिहारको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्रीको माला लगाएर सु–स्वास्थ्य, आरोग्य दीर्घायुको कामना गर्ने चलन भए पनि प्राकृतिक फूलको अभाव हुन थालेपछि बजारमा कृत्रिम फूलको प्रयोग बढेको स्थानीयवासी बताउँछन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell