PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

केराको ट्रकमा लुकाएर भित्र्याइएको पटाका प्रहरीद्वारा नष्ट



पहिलोपोस्ट

चितवन : प्रहरीले बरामद गरेको करिब रु एक लाख २५ हजार बराबरको पटका नष्ट गरेको छ।
 
वडा प्रहरी नारायणगढले जिल्लाका विभिन्न ठाउँबाट बरामद गरेको उक्त परिमाणको पटका स्थानीयवासी नागरिक, पत्रकार र जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रतिनिधिको रोहबरमा नष्ट गरेको हो।  
 
तिहारलाई सौहार्द रुपमा सम्पन्न गराउने उद्देश्यसहित चितवनमा विशेष सुरक्षा योजना लागू गरिएको छ। वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार वडाबाट खटिएका विशेष टोलीले शुक्रबार र आइतबार उक्त पटका बरामद गरेको थियो।
 
वीरगन्ज काठमाडौँमा चल्ने यात्रुबहाक बस र भारतबाट केरा लिएर आएको ट्रकबाट पटका बरामद गरिएको थापाले बताउनुभयो। विशेष टोलीले नारायणगढको बेल्चोक र मुग्लिङ–नारायणगढ सडकको आँपटारीबाट उक्त परिमाणको पटका बरामद गरेको थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell