PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

दीपावली गर्दा कपिलवस्तुमा चार घर जले



पहिलोपोस्ट

दीपावली गर्दा कपिलवस्तुमा चार घर जले

कपिलवस्तु : गतराति दीपावली गर्ने क्रममा आगलागी हुँदा कपिलवस्तु नगरपालिका–१० सिकोटवामा चार घर जलेर नष्ट भएका छन्।
 
लक्ष्मी पूजा गरेर घरमा दीपावली गर्दा दियोबाट आगो सल्केको हो। आगलागीका कारण स्थानीय शिब्बड रैदास, रामविलाश रैदास, राजु रैदास र भिख्खु रैदासको घर पूर्णरुपमा ध्वस्त भएको छ।
 
 
आगलागीबाट चार थान सिलाइ मेसिन, दुई थान इन्टरलक मेसिन, रु सात हजार नगद र घरमा रहेका सबै लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
 
आगलागी पीडितलाई आज कपिलवस्तु नगरपालिकाको सहयोगमा त्रिपाल, खाना पकाउने भाँडा, एक हप्तालाई पुग्ने रासन लगायतका सामग्री प्रदान गरिएको नगरपालिका कर्मचारी जीवनाथ पाण्डेले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell