PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

​फ्रेन्च लिग वान : लिडर नाइसको जितमा बालोटेलीको एक गोल, दुई असिस्ट



पहिलोपोस्ट

​फ्रेन्च लिग वान : लिडर नाइसको जितमा बालोटेलीको एक गोल, दुई असिस्ट

यस सिजन फ्रेन्च लिग वानमा अपराजित रहँदै एकरुपताको प्रदर्शन गर्दै आएको नाइसले गएराति भएको खेलमा नान्टसलाई ४-१ ले पराजित गरेको छ। नाइसको शानदार जितमा मारियो बालोटेलीले प्रेरणदायी प्रदर्शनी गरे।

नाइसलाई जिताउन १ गोल गरेका बालोटेलीले २ गोलका लागि सहयोग समेत गरे। यस्तै वाइलन साइप्रिएनले २ गोल गरे भने अलासाने प्लेअले १ गोल गरे।

यस सिजन लिगमा ११ मध्ये ६ खेल खेलेका बालोटेलीले ५ गोल गरेका छन्।

नान्टसको लागि एलिलियानो सालाले सान्त्वना गोल फर्काए।

जितपछि ११ खेलबाट २९ अंक जोडेको नाइस शीर्ष स्थानमा आसिन हो। यो दोस्रो स्थानमा रहेको मोनाको भन्दा ६ अंकले बढी हो।

साविक विजेता पेरिस सेन्ट जर्मेन मोनाको समान २३ अंक भएपनि गोल अन्तरमा तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell