PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

एमालेले कांग्रेसबारे भ्रम छरिरहेको छ : देउवा



पहिलोपोस्ट

एमालेले कांग्रेसबारे भ्रम छरिरहेको छ : देउवा

भक्तपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको बताएका छन्। 

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले एमाले लगायतका दलले कांग्रेसको बारेमा छरेको भ्रम मेटाउन कांग्रेस लाग्नुपर्नेमा पनि जोड दिए।

संविधानले निर्धारण गरेको समयभित्रै देशको तीनवटै संरचनाको निर्वाचन सम्पन्न हुने उनको भनाइ छ। निर्वाचन हुन्न कि भनेर शङ्का नगर्न पनि उनले आग्रह गरे।
 
प्रदेश र संसद्को निर्वाचन गर्न पनि स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्ने चर्चा गर्दै उनले भने, 'संविधानले निर्धारण गरेको समय सीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद् एवम् प्रतिनिधिसभाको निर्वाचन हुन्छ, यसमा कसैले शङ्का गर्नुपर्दैन, यो जिम्मेवारीलाई नेपाली कांग्रेसले पूरा गर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell