PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

पत्रिकाका प्रधान सम्पादकसहित ८ स्टाफ प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

पत्रिकाका प्रधान सम्पादकसहित ८ स्टाफ प्रहरी नियन्त्रणमा

टर्कीका प्रहरीले विपक्षी आवाज प्रवाह गर्ने पत्रिका चुमहुरियतीका प्रधान सम्पादक र कम्तिमा ८ सिनियर स्टाफलाई पक्रेको छ। सरकारको कदमविरुद्ध आलोचनात्मक रहेको पत्रिकाका सम्पादकसमेतलाई पक्राउ गरिएको हो।

प्रधान सम्पादक सुरत सवुन्चु तथा पत्रिकाका वकिल तथा अन्य स्तम्भकारको घरमा छापा मार्दै गए राति प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको त्यहाँको सरकार नियन्त्रित एजेन्सी अनादोलु एजेन्सीले जनाएको छ। प्रहरीले पत्रिकाका सिनियर स्टाफसँगै कार्टुनिस्टको घरमा समेत खोजी गरेको छ। पत्रिकाका १६ जना स्टाफविरुद्ध गिरफ्तारी वारेन्ट जारी भएको पत्रिकाले जनाएको छ।

वामपन्थी तथा धर्म निरपेक्ष झुकाव भएको टर्किको पुरानोमध्येको एक पत्रिका हो चुमहुरियती। गत जुलाइमा मिलिट्री कु असफल भएपछि त्यहाँको सरकार कठोर बन्दै गएको छ।

पत्रिकाविरुद्ध सरकारले अपराधिक गतिविधिलाई सघाएको आरोप लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell