PahiloPost

Jun 15, 2026 | १ असार २०८३

राजनीति र धर्मका नाममा संस्कृतिमाथि आक्रमण भइरहेको छ : केपी ओली



पहिलोपोस्ट

राजनीति र धर्मका नाममा संस्कृतिमाथि आक्रमण भइरहेको छ : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले नेपालको विविधता नै सम्पत्ति भए पनि विभिन्न नाममा त्‍यसमाथि आक्रमण हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
 
रिपोर्टर्स क्लबको नेतृत्वमा देउसी खेल्न ओली निवास पुगेको सञ्चारकर्मीहरुको टोलीसँग कुरा गर्दै उनले भने, 'यहाँ कहिले धर्म त कहिले राजनीतिका नाममा संस्कृतिमाथि आक्रमण भइरहेको छ।'

'वनकाली सम्मेलन'लाई उदाहरणका रुपमा प्रस्तुत गरेका ओलीले अहिलेको आधुनिक समयमा पनि पुन: चुलोचौकामै भात पकाउन खोज्नेहरु देखिएको बताए। 'अहिले सबैतिर नै ग्यास, विद्युतको जमाना आइसकेको छ तर चुलोचौका नै हाम्रो संस्कृति हो भन्नेहरु पनि छन् यहाँ,' उनले भने, 'राजतन्त्र फालेको १२ वर्षपछि गेरुवस्त्रधारी लामा दाह्री र जटाधारी भारतीय बाबाहरु यहाँ आउँछन् र ज्ञानेन्द्रलाई 'महाराज'कै रुपमा प्रमुख अतिथि बनाउँछन्। यो त अझै पनि चुलोचम्कामै भात पकाउनुपर्छ जस्तो भएन?'
 
संविधान संशोधनका विषयमा भने उनले राष्ट्रिय आवश्यकता भए संशोधनका लागि एमाले तयार हुने बताए। 'अहिले हामीले त्यस्तो आवश्यकता महसुस गरेका छैनौं,' अध्यक्ष ओलीले दोहोर्‍याए, 'कसैले माग गरेकै आधारमा संशोधन हुन सक्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell